अन्तर्राष्ट्रिय विमानस्थल : भिजिट भिसाको सेटिङमा दैनिक लाखौं रुपैयाँ घुस लेनदेन

भिजिट भिसाको सेटिङमा दैनिक लाखौं रुपैयाँ घुस लेनदेन हुने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छापा हानेर अनुसन्धान थालेको छ । ‘अन्डरकभर अप्रेसन’ चलाई प्रमाण संकलन गरेपछि बुधबार आयोगको टोलीले छापा हानेको हो । आयोगले कार्यालय प्रमुख रहेका सहसचिव तिर्थराज भट्टराईलाई समेत नियन्त्रणमा लिएको थियो । उनलाई सोधपुछ गरी हाजिरी जमानीमा छाडिएको…