आज नेपाल फर्कदै शेरबहादुर देउवा, खड्काको कार्यवाहक के हुन्छ ?

आज नेपाल फर्कदै शेरबहादुर देउवा, खड्काको कार्यवाहक के हुन्छ ?



काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आफ्नी श्रीमतीसहित आज स्वदेश फर्कदैछन् । उपचारका लागि सिंगापुर गएका उनी आज साँझ फर्कने भएका हुन् । देउवा दम्पती बेलुका ९स्३० बजे काठमाडौँ आइपुग्नेछन् तालिका छ।

उनीहरू सिंगापुर विमानमार्फत कात्तिक १० गते सिंगापुर गएका थिए। गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा देउवा दम्पती आफ्नै निवास बूढानीलकण्ठमा आन्दोलनकारीको आक्रमणमा परेका थिए।

आक्रमणबाट गम्भीर घाइते भएका देउवाको टाउकाको पछाडि भागमा चोट लागेको थियो। त्यहाँ १२ वटा टाँका लगाएको कांग्रेस नेताहरूले बताएका थिए।
देउवा स्वदेश फर्कने भएपछि कार्यवाहक तोकिएका पूर्णबहादुर खड्काको के हुन्छ ? अहिले चासोका साथ हेरिएको छ । जेन्जी आन्दोलनपछि काँग्रेसको सभापति पदबाट बहिर्गमन हुनुपर्छ भन्ने आशयका साथ धेरैले हेरिरहेका बेला कार्यवाहक तोकेर स्वास्थ्य उपचारमा हिंडेका देउवा स्वदेश फर्किएपछि कार्यवाहक तोकिएको स्वतः निस्क्रिय हुने कतिपयले बताइरहेका छन् । नेपाली काँग्रेस यतिबेला अनिर्णयको बन्दी बनेको छ । केन्द्रीय समितिको एक महिना लामो बैठकबाट पनि अधिवेशन कहिले गर्ने भन्ने निर्णय हुन सकेको छैन । देउवा फर्किएपछि मात्रै यसमा कुनै निर्णय हुने आंकलन गरिएको थियो । चुनाव वैशाख वा जेठमा सर्ने सम्भावना रहेका कारण मंसिर या पुसमा नै अधिवेशन सम्पन्न गर्नुपर्ने दबाबमा काँग्रेस यतिबेला छ ।