काठमाडौं । रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वप्रमुख सचेतक एवं सांसद सन्तोष परियारले पार्टीको साधारण सदस्य समेत नरहने गरी त्याग गरेका छन् । नयाँ विकसित राजनीतिक घटनाक्रममा नयाँ रुपमा नै जानुपर्ने म्यान्डेट रहेको भन्दै उनले पुराना पार्टीहरुले यसलाई बुझ्न नसकेको आरोप पनि लगाएका छन् । पछिल्लो समय रास्वपाभित्र विचारमा स्पष्टता कि नेतृत्वमा अडान भन्ने बहस चलिरहेको छ । हालै चितवनमा सम्पन्न भएको विस्तारित बैठकबाट स्पष्ट रुपमा अधिवेशनका बारेमा कुनै निर्णय नआएपछि उनी पार्टी छोड्ने निर्णयमा पुगेका हुन् । साथै, पछिल्लो समय सुमना श्रेष्ठले पार्टी छोडेपछि गरिएको अनावश्यक टिप्पणीले पनि सन्तोषलाई विचलित तुल्याएको बताइएको छ ।
‘जेनजी अभियानमा लाग्ने उनले पार्टी छोडेका हुन् । प्रवक्ता मनीष झाले विज्ञप्तिमा भनेका छन्, ुराजनीतिमा नयाँ अभियानको साथ अगाडि बढ्ने योजनामा हुनुहुन्छ भन्ने कुरा उहाँले जानकारी गराउनु भएको छ, उहाँलाई आगामी यात्राका लागि शुभकामना ।ु
समानपातिकबाट सांसद बनेका परियार रास्वपामा प्रमुख सचेतक थिए ।

प्रतिक्रिया