काठमाडौं । सरकारले विपदजन्य जोखिमलाई मध्यनजर गर्दै आइतबार र सोमबार (असोज १९ र २०) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा बाढी, डुबान, भूक्षय लगायतका सम्भावित जोखिम तथा सडक र हवाई यातायात प्रभावित हुने अवस्थाका कारण बिदा दिने उल्लेख छ। विपद व्यवस्थापन तथा अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक अन्य सबै…