काठमाडौँ । बेला बेलामा अन्टसन्ट बोलेर विवादमा आइरहने मेडिकल व्यापारी दुर्गा प्रसाईको पछिल्लो भनाई पनि विवादमै परेको छ । यही विवादले उनी जेलको छिंडीमा पुगे भने अन्यथा नमान्दा हुने भएको छ । गगन थापाले अभियान गरेको विशेष अधिवेशनलाई मान्यता दिने निर्णय निर्वाचन आयोगले गर्न वित्तिकै ५२ करोडको खेल भएको भन्दै पत्रकारसामू आएर बोलेका दुर्गा प्रसाईंलाई अनुसन्धानको दायरामा ल्याउन निर्वाचन आयोगले निर्देशन दिएको छ ।
कांग्रेस विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएको विषयलाई लिएर प्रसाईंले भ्रामक सूचना प्रवाह गरेको भन्दै आयोगले प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोलाई आइतबार पत्र पठाएर अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको हो ।
प्रसाईंले आयोगलाई पैसा बुझाएर दलको आधिकारिकता लिएको दाबीसहित भ्रामक सूचना प्रवाह गरेका थिए । उनले एक भिडियो देखाउँदै पैसाको चलखेल भएको आरोप लगाएका थिए । प्रहरीले उनलाई भिडियोको आधिकारिता देखाउन अन्यथा कारवाही गर्ने तयारी गरेको छ । यसअघि उनले निर्वाचन आयोगले देउवालाई मान्यता दिने गगन थापा समूह रास्वपासँग मिल्न जाने भन्दै अनर्गल प्रचार गरिरहेका थिए । तर, निर्वाचन आयोगले गगन पक्षलाई नै मान्यता दिएपछि भने उनले पैसाको चलखेल भएको आरोप लगाएका हुन् ।

प्रतिक्रिया