काठमाडौं । विभिन्न ६३ राजनीतिक दलहरुले आफ्ना समानुपातिक उम्मेद्वारहरुका सूचि निर्वाचन आयोगमा बुझाएका छन् । उनीहरुले बुझाएको सूचिमा विवादास्पद व्यक्तिहरु पनि देखिन्छन् । कतिपयमा समावेशी नभएको तर्क छ भने कतिपयमा आफन्तहरुलाई नै माथिल्लो तहमा ल्याइएको पाइन्छ । नेपाली कम्युनिष्ट पार्टीको समानुपातिक सूचिमा अचानक नेताकी पत्नी एक नम्बरमा आएपछि धेरैले आश्चर्य व्यक्त गरेका छन् । बलावति शर्मा यतिबेला चर्चामा छिन् ।
अर्कोतर्फ राप्रपामा खुश्बु ओलीको नामलाई लिएर महिलाहरुले विरोध जनाएका छन् । रास्वपामा टासी ल्हाज्मोको नाम हटाइएपछि तनावको माहोल बनेको छ । अर्कोतर्फ, महिला अभियन्ताहरुले उम्मेद्वारीमा ३३ प्रतिशत नभए अलग्गै स्वतन्त्र उठ्न आह्वान गरिरहेका छन् । एमालेभित्र विवादित पूर्वराजदूत लक्की शेर्पालाई समानुपातिकसूचिको माथिल्लो नम्बरमा राखिएकोमा पनि धेरैले आश्चर्य व्यक्त गरेका छन् । अर्कोतर्फ, पत्रकार ऋषि धमला यतिबेला आफ्नो पूरै शक्ति लगाएर पत्नीलाई समानुपातिक सूचिबाट सांसद बनाउन दौडधुप गरिरहेका छन् । उनले केही समय अघि दिएको भाषण चर्चा लगायक थियो । दावी विरोधको समय दिँदै निर्वाचन आयोगले तत्कालै आह्वान गरेको छ । हेर्नुहोस् पूरा सूचि

प्रतिक्रिया