सुरु भयो बालेन्द्र साहको प्रत्यक्ष राजनीति, रास्वपाको वरिष्ठ नेताका रुपमा पदबहाली

सुरु भयो बालेन्द्र साहको प्रत्यक्ष राजनीति, रास्वपाको वरिष्ठ नेताका रुपमा पदबहाली

रवि लामिछानेसँग मिलेर बजाए जोडदार घन्टी


काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र साहले आफ्नो राजनीतिक यात्राको सुरुवात गरेका छन् । महानगरको मेयरका रुपमा राजीनामा दिएर उनी रास्वपा प्रवेश गरेका हुन् । यसअघि नै उनलाई वरिष्ठ नेता बनाउने र आगामी प्रधानमन्त्रीको उम्मेद्वाको रुपमा आम सर्वसाधारणमाझ लैजाने रास्वपाले घोषणागरिसकेको छ ।

आज दिउँसो जनकपुर जानुअघि उनी १० मिनेटका लागि घन्टीघरमा आइपुगे । सुदन गुरुङसँग एउटै गाडीमा आएका उनलाई जति मिनेट गेटबाट कार्यालयसम्म पुग्न लाग्यो त्योभन्दा कम समय उनले त्यहाँ विताए । तर, आफु अब पूर्ण रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेताको रुपमा राजनीतिमा उत्रिएको सन्देश दिन उनले कुनै कसर बाँकी राखेनन् । बालेन्द्र साहले रवि लामिछानेसँग सहकार्य गर्दै जोडदार घन्टी बजाए । त्यस लगत्तै कार्यालयमा पुगेर पदबहाली गरेको उनलाई रवि लामिछानेले पुष्पगुच्छा दिएर स्वागत गरेका थिए । सर्वसाधारण कार्यकर्तालाई फ्लाईङ किस र सभापतिलाई अंगालो मारेर खुशी साटेका बालेन्द्र त्यसपछि जनकपुर जानुपर्ने भएका कारण हतार हतार विमानस्थलतर्फ लागेका थिए ।


जनकपुर पुगेर बालेन्द्र साहले त्यहाँ उपस्थित सबैलाई भोलि हुने सम्बोधनमा सहभागी हुन अनुरोध गरेका थिए । उनले तपाईंहरुको माया लागेको छ । भोलि धेरै कुरा गर्नेछु भन्ने आशय व्यक्त गर्दै विमनस्थलबाट निस्किएका थिए ।


बालेनको आजको सम्पूर्ण गतिविधिले उनी पूर्णत पार्टी राजनीतिमा होमिएको देखाउँछ । उनले राजनीतिमा आउनुअघि काठमाडौंको मेयरको पद मात्र छोडेनन् यसअघि नै महानगरले दिएको क्वार्टर पनि छोडिसकेका छन् । ईमानको राजनीति गर्नुपर्छ भन्दै धेरैलाई भित्तामा पुग्नेगरी सामाजिक सञ्जालमा स्ट्याटस लेख्ने बालेन अरुले ट्रोल बनाउलान् कि भनेर सचेत बनेको देखिन्छ । उनले जनकपुरमा रवि लामिछानेसँगै आम सर्वसाधारणलाई सम्बोधन गर्ने कार्यक्रम छ ।