प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । आज भएको सुनवाइपछि सर्वोच्चको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालयलगायतका विपक्षीलाई सरकार गठन र प्रतिनिधिसभा विघटनका मुद्दामा ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश भएको हो । रिट निवेदनकर्ताले अन्तरिम आदेश माग गरेका थिए ।…