मन्त्रालय धाउँदा धाउँदा दिक्क भएर राजीनामा दिए राजदूत ढकालले

मन्त्रालय धाउँदा धाउँदा दिक्क भएर राजीनामा दिए राजदूत ढकालले



काठमाडौँ । सरकारले फिर्ता बोलाइएका राजदूतमध्ये साउदीका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले राजीनामा दिएका छन्। जेनजी आन्दोलनपछि बनेको सरकारले विभिन्न देशमा रहेका ११ जना राजदूतलाई असोजको अन्तिम साता फिर्ता बोलाएको थियो ।

त्यसमध्ये हालसम्म सात जनाले राजीनामा दिइसकेका छन् । चार जना राजदूतहरू अझै मन्त्रालयमा हाजिर गरेर समय बिताइ रहेका छन् । राजदूत ढकालले दिएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत गरेका छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ढकालले केही समय पहिले आफ्नो पदबाट राजीनामा दिएका थिए, उनको राजीनामा आज स्वीकृत भएको हो ।

यसअघि विभिन्न समयमा रुसका लागि नेपाली राजदूत जङ्गबहादुर चौहान, मलेसियाका लागि नेपाली राजदूत डा। नेत्रप्रसाद तिमल्सिना, अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली, बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे र कतारका लागि नेपाली राजदूत रमेश पौडेलले राजीनामा दिइसकेका छन् ।

नेपालका लागि जर्मनीका शैल रुपाखेती, इजरायलका लागि धनप्रसाद पण्डित, स्पेनका लागि शनिल नेपाल, र जपानका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदीले हालसम्म राजीनामा दिएका छैनन् ।

उनीहरू मन्त्रालयमा हाजिर गरेर तलब भत्ता बुझ्दै आएका छन् । परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘मन्त्रालयमा झिकाइका राजदूतहरूले काम गर्नुहुन्छ हामीलाई केही थाह छैन, कति बेला आउनु हुन्छ कति बेला जानु हुन्छ कसैलाई थाह हुँदैन तर महिनाको महिना तलब भत्ता बुझी रहनु भएको छ ।’