काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अब बुथ कब्जा गरेर चुनाव जित्ने सपना कसैले देख्न नसक्ने बताएका छन् । झापामा चुनावी सभाको आयोजना गर्दै विकास र सम्बृद्धिको लागि आफु फेरि पनि उभिएको बताएका ओलीले पार्टीप्रति प्रश्न उठाउने ठाउँ नै नभएको दाबी गरेका छन्।
झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमालेबाहेक अरू कसैले हामीले देशका लागि काम गरेका छौँ भन्न नसक्ने जिकिर गरे। उनले देशमा काम धेरै भइरहेको र अधुरा काम पूरा गर्न बाँकी रहेको बताए। उनले आगामी चुनावमा कसैले बुथ कब्जा गर्ने कल्पना नगर्न चेतावनी दिए।
उनले भने, ‘मतदान गर्नको लागि कुनै अवरोध हुन हुँदैन। एमाले सधैँ अडिग रहँदै आएको छ। कसैले बुथ कब्जा गर्छु भन्छ भने त्यो कल्पना नगरेर हुन्छ। बुथ कब्जा गर्ने छुट दिइने छैन कसैले बुथ कब्जा गर्न सक्नेवाला पनि छैन।’
शान्ति सुरक्षा काम गर्नको लागि नेशनल युथ फोर्सले गर्ने बताए। उक्त अवसरमा हरेक बुथमा ३० जना युथको टोली सुरक्षामा खटिने पनि जानकारी गराइएको थियो । कार्यक्रममा उक्त क्षेत्रबाट उठेका अन्य उम्मेद्वारहरुको परिचय कार्यक्रम राखिएको थियो ।

प्रतिक्रिया