विराटनगर । कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अम्बरबहादुर बिष्ट निर्विरोध निर्वाचित भएका छन्। सभामुख पदमा उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन्। एकमात्र उम्मेदवारी परेपछि मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन्। सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिने निर्णय गरेको थियो। एमालेले पनि विष्टलाई…