मेलबर्न अष्ट्रेलिया । दुई महिना अघि अष्ट्रेलियाको सिड्नीबाट बेपत्ता भएका नेपाली युवक सविन बरालको मृत्यु भएको पुष्टि भएको छ। सिड्नीको पञ्जवलबाट सम्पर्कबिहीन भएका बरालको केही दिनअघि पानीमा डुबेर ज्यान गएको न्यु साउथ वेल्स प्रहरीले जानकारी दिएको छ।
दुई महिनाअघि एनएसडब्लु प्रहरीले २६ वर्षीय बराल सिड्नीबाट बेपत्ता भएको सूचना निकालेको थियो । प्रहरीले पानीमा भेटिएको शवको परीक्षण गर्दा शवको डिएनए सबिनसँग म्याच भएको एनएसडब्लु प्रहरीले जनाएको छ। प्रहरीले उनको डिएनए रिपोर्ट आफन्तलाई बुझाई सकेको छ।
सबिनको पानीमा डुबेर मृत्यु भएको पुष्टि भएपछि आफन्तले शव बुझेर मंगलबार सिड्नीमा नेपाली परम्परा अनुसार दाहसंस्कार गरेका छन्।
सबिनको टुथब्रसबाट लिएको डिएनए नमुनालाई पनि प्रहरीको प्याथोलोजीले प्रमाणीकरण गरेको एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले बताएका छन्। उनले सबिनको मृत्युबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताए। घटनाका बारेमा सम्पूर्ण अनुसन्धान सकिएपछि अन्तिम रिपोर्ट प्रहरीले परिवारलाई दिने अध्यक्ष पोखरेले जानकारी दिए।
बराल पाँच वर्षअघि विद्यार्थी भिजामा अष्ट्रेलिया आएका थिए।
यो पनि…
प्रतिक्रिया