नेपाली भाषा विद्यालय पाठशाला होबार्टमा नयाँ भर्नाका लागि आवेदन खुला

नेपाली भाषा विद्यालय पाठशाला होबार्टमा नयाँ भर्नाका लागि आवेदन खुला


होबार्ट तास्मानिया ।

नेपाली भाषा स्कुल पाठशाला होबार्टले नयाँ भर्नाका लागि आवेदन खुला गरेको छ। नेपाली सोसाईटी अफ तास्मानिया संरक्षक रहेको पाठशालाले २०२४ का लागि नयाँ भर्ना लिन लागेको हो। 

तास्मानियामा बस्दै आएका नेपाली भाषीका तीनदेखि १० वर्षका नानीबाबुका लागि नयाँ भर्ना खुला गरिएको नेपाली सोसाईटी अफ तास्मानियाको अध्यक्ष संसारराज चिमोरियाले जानकारी दिए। भौतिक तथा अनलाइनबाट पनि भर्ना गर्न सकिने व्यवस्था मिलाएको उनले बताए। भर्नाको फर्म भरेर इमेलबाट पठाउँदा पनि हुन्छ। ११ फेब्रुअरी बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म भौतिक रूपमा उपस्थित भएर पनि भर्ना गर्ने सकिने छ उनले भने। 

फेब्रुअरी महिना भरी नै नयाँ भर्नाका लागि आवेदन दिन सकिने उनले बताए। यस वर्षबाट पाठशालाले उमेर समूहको आधारमा दुई कक्षामा बालबालिकालाई नेपाली भाषा पढाउने उनको भनाइ छ। तीन देखि ६ वर्षको लागी एउटा कक्षा र ७ देखि १० वर्षका बालबालिकाहरूको अर्का कक्षा गरी दुई कक्षामा बालबालिकालाई नेपाली भाषा पढाउने पाठशालाको योजना रहेको उनले बताए। भर्ना शुल्क १५० अस्ट्रेलियन डलर तोकिएको छ। बर्सभरिको १५० अस्ट्रेलियन डलर तिरेपछि पाठशालाले बालबालिकालाई शैशिक सामाग्री तथा पाठशालाले आयोजना गर्ने पिकनिक लगायतका गतिबिधीहरुमा सहभागीताका लागि थप पैसा लाग्ने छैन, उनले भने। 

आफ्ना नानीबाबुलाई नेपाली भाषा कला संस्कृति सिकाउने यो सुनौलो अवसर नगुमाउने सोसाइटीका अध्यक्ष चिमोरियाले तास्मानियावासी नेपालीहरूमा अपिल गरेका छन्। समयमै आफ्ना नानीबाबुलाई भर्ना गरेर सिट सुरक्षित राख्न उनको आग्रह छ। 

तास्मानियामा हुर्किँदै गरेको पछिल्लो पुस्तालाई नेपाली भाषा कला संस्कृतिको बारेमा जानकारी गराउनले र यहाँ रहेका नेपाली बालबालिकासँग घुलमिल गराउने पाठशालाको मुख्य उद्देश्य रहेको उनले बताएका छन्।

सन २०१७ सालमा स्थापना भएको पाठशालाले तास्मानियामा रहेका हुर्किँदै गरेको नेपालीको पछिल्लो पुस्तालाई नेपाली भाषा कला संस्कृतिबारे पढाउँदै आएको छ। पछिल्लो पुस्ताले सामान्य नेपाली भाषा बोल्न र लेख्न सकोस् भनेर नै पाठशालाको स्थापना गरिएको हो। नेपाली सोसाइटी अफ तास्मानिया संरक्षक रहेको पाठशालामा हरेक आइतबार मात्र नेपाली भाषाको कक्षा संचालन हुने गर्दछ। 

पाठशालामा दक्ष नेपाली शिक्षकहरूले पढाउने गर्दछन्।