अष्ट्रेलियामा नेपाली युवकविरूद्ध पक्राउ पुर्जी जारी

अष्ट्रेलियामा नेपाली युवकविरूद्ध पक्राउ पुर्जी जारी


मेलबर्न अष्ट्रेलिया ।

अष्ट्रेलियामा नेपाली युवक रिदम भट्टचनविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। अष्ट्रेलियाको औबर्न प्रहरीले २६ वर्षीय भट्टचनविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो।

औबर्न प्रहरीले फेसबुक पेजमामा रिदमको तस्बिर राख्दै उनीविरूद्ध दूरसञ्चार कसुरमा पक्राउ पुर्जी जारी भएको जानकारी गराएको छ। प्रहरीले अपरेशन अमरोक चलाएर उनीविरूद्ध खोजी तीव्र पारेको जनाएको छ। अपरेशन घरेलु हिंसा र सम्बन्धित अपराध लक्षित राज्यव्यापी अपरेशन रहेको प्रहरीले जनाएको छ।

प्रहरीले उनको बारेमा जानकारी भए १८००३३३००० नम्बरमा फोन गर्न पनि आग्रह गरेको छ।