आज अस्ट्रेलियन डलरको भाउ बढ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज अस्ट्रेलियन डलरको भाउ बढ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर ८६ रुपैयाँ ८७ पैसा रहेको छ। बुधबारको तुलनामा आज अस्ट्रेलियन ३८ पैसाले बढेको नेपाल राष्ट्र बैँकले जनाएको छ।

यस्तै अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४६ पैसा र बिक्री दर १३३ रुपैयाँ ०६ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ६५ पैसा र बिक्री दर १४३ रुपैयाँ २९ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३२ पैसा र बिक्री दर १६८ रुपैयाँ ०७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।