लिभरपुलसँग आर्सनल २–० गोल अन्तरले पराजित

काठमाडौं । आर्सनलमाथि २–० गोल अन्तरको सानदार जित निकाल्दै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ। तेस्रो चरणको खेल अन्तर्गत आइतबार रातिउ भएको खेलमा लिभरपुल २–० गोलले विजयी बनेको हो। खेलको सुरुवातमा पाएका अवसरहरूलाई गोलमा परिणत गर्न नसक्दा आर्सनलले ठुलो मूल्य चुकाउनु पर्याे। पहिलो हाफमा मार्टिन ओडेगार्डको प्रहार पोस्टमा लागेको थियो भने रिस नेल्सनले…