‘दयारानी’ नेपाल भन्दा एकदिन अगाडी अष्ट्रेलियामा प्रदर्शन हुँदै

‘दयारानी’ नेपाल भन्दा एकदिन अगाडी अष्ट्रेलियामा प्रदर्शन हुँदै


मेलबर्न, अष्ट्रेलिया ।

अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनद्वारा अभिनीत फिल्म ‘दयारानी’ अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ। भोलि (बिहीबार) फेब्रुअरी ८ तारिख एकैसाथ अष्ट्रेलियाका ८ सहरमा प्रदर्शनमा आउन लागेको हो। ‘दयारानी’ नेपालका हलहरुमा माघ २६ गते लाग्नेछ। नेपालको प्रदर्शनको एक दिन अगाडी नै फिल्म ‘दयारानी’ अष्ट्रेलियामा प्रदर्शन हुँदैछ।

अष्ट्रेलिया प्रदर्शनको अधिकार पाएको जानबी एन्टरटेनमेन्ट र नमस्ते इन्टरटेनमेन्टले न्यू साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्याण्ड, तास्मानिया, डार्बिन, पर्थ, एसिटी र एडिलेडका हलहरुमा फिल्म दायारानी प्रदर्शन गर्न लागेको छ। फिल्म ‘दयारानी’ लाई सेभन सिज् इन्टरटेनमेन्टले विश्वभर प्रदर्शनको जिम्मा पाएको छ। 

बाँसुरी फिल्मस् र माओत्से फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सूर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकारको पनि अभिनय छ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बू र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन्।