‘गदर’को सिक्वेलबाट बलिउडमा सनी देओलको कमब्याक

‘गदर’को सिक्वेलबाट बलिउडमा सनी देओलको कमब्याक


मुम्बई ।

बलिउड अभिनेता सनी देओल वर्षौ पछि आइकोनिक फिल्म ‘गदर’को सिक्वेलबाट बलिउडमा कमब्याक गर्ने भएका छन्। ‘गदर २’को सफलतापछि उनी एकपटक बलिउडको मूलधारको चर्चामा छाए। यही बेला सनी र उनका कुनै नयाँ फिल्मको खबरले सामाजिक सञ्जालमा गर्माएको छ।

सामाजिक सञ्जाल होस् या समाचारहरुमा सनीले आफ्ना पुराना फिल्मको सिक्वेल बनाउने दाबी गरिएका समाचार आइरहेका छन्। हालै एक अन्तरवार्तामा उनले आक्रामक हुँदै यी कुराको खण्डन गरेका छन्।

सनीलाई लिएर ‘बोर्डर २’ देखि ‘गदर ३’सम्मका फिल्मका चर्चा भइरहँदा यी हल्लाको खण्डन गरेका हुन्। ‘मानिसहरु अनुमान लगाउन मनपराउँछन्। यो हल्ला तबदेखि छ, जब ‘गदर २’ रिजि भयो। उनीहरु यो भाग २, त्यो भाग २ भनिरहेका छन्। म कति सिक्वेल मात्र गरुँ ? हरेक कुरा अफवाह हुन्। म फिल्मको आफैं घोषणा गर्छु’, उनले भनेका छन्।

‘गदर २’ पछि सनी राजकुमार सन्तोषीको निर्देशन रहने फिल्म ‘लाहोर १९४७’मा देखिँदैछन्। ‘गदर २ सफल भयो, त्यसकारण नयाँ फिल्म भइरहेको छ। हामी यसबारेमा १५–१७ वर्षदेखि काम गरिरहेका थियौं, तर यो काम बनिरहेको थिएन । ‘गदर २’ ले हाम्रा लागि धेरै ढोका खोलिदियो। दर्शकले हामी (सनी र राजकुमार सन्तोषी) लाई तीन अलग किसिमका फिल्ममा काम गरिरहेको देखेका छन्,’उनले भनेका छन्।

सनी र राजकुमारले ‘घायल’, ‘दामिनी’ र ‘घातक’मा सहकार्य गरेका थिए।