एनआरएनए नागोयाले गर्याे सामुदायिक संघ-संस्थासँग अन्तरक्रिया 

एनआरएनए नागोयाले गर्याे सामुदायिक संघ-संस्थासँग अन्तरक्रिया 


नागोया, जापान

गैर आवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति नागोयाले स्थानीय संघ-संस्था बिचको अन्तरक्रिया गरेको छ। बुधवार वका कैकन बैठक हलमा भएको अन्तरक्रियामा यहाँका स्थानीय संघ-सस्थाहरुको उल्लेख्य उपस्थिति रहेको थियो। 

कार्यक्रममा एनआरएनए क्षेत्रीय समिति नागोयाका उपाध्यक्ष एवं एनआरएनए नागोया अन्तर्गतको स्थानीय संघ-संस्था समन्वय समितिका संयोजक  योमन देवानले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए। 

एनआरएनए क्षेत्रीय समिति नागोयाका सह–कोषाध्यक्ष मित्र सिग्देलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन एनआरएनए क्षेत्रीय समिति नागोयाका सह-सचिव सागर थापाले गरेका थिए। सचिव दलवहादुर कार्की (प्रतिक) ले सहभागीले दिएको सुझावलाई टिपोर्ट गरेका थिए।

राष्ट्रिय गानबाट सुरु गरिएको उक्त कार्यक्रममा हालैका दिनमा नागोया क्षेत्रमा निधन भएका लमजुङका २२ वर्षका युवराज तामाङ, धनकुटाका २२ वर्षीय रविन पौडेल र नुवाकोटका २८ वर्षीय अर्जुन कार्की प्रति एक मिनेट मौन धारण गरिएको थियो।

कार्यक्रममा नेपाली समुदायको एनआरएनए नायोया प्रतिको बुझाई, एनआरएनए प्रतिको अपेक्षाहरु, एनआरएनए नागोयालाई दिईने सुझावलगायत एनआरएनए नागोयासंग गर्न सकिने सहकार्यको विषयमा विषयमा सहभागी संघ-संस्थाका प्रमुख एवं पदाधिकारीहरूले आ-आफ्नो धारणा राखेका नागोया क्षेत्रीय समितिका उपसंयोजक कुशल पौडेलले जानकारी दिए।

कार्यक्रम एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक भेषनाथ गौतमको अध्यक्षता एवं एनआरएनए आईसिसि सचिव पारसमणि पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा एनआरएनए एसिया प्यासिफिकका उप–संयोजक दिपक कार्की, एनआरएनए जापानका सह–कोषाध्यक्ष राम थापाकाजी, एनआरएनए जापानका सल्लाहकार यम खत्री, नेपाली मिडिया सेन्टर जापानका अध्यक्ष एवं एनआरएनए जापानका प्रेस सल्लाहकार कवि किरण न्यौपाने, नेपाल पत्रकार महासंघ , जापान शाखाका संस्थापक सचिव हरिप्रसाद पोखरेल, एनआरएनए जापानका निवर्तमान उपाध्यक्ष राजकुमार अधिकारी, निवर्तमान सचिव श्याम शीतल, लगायतको उपस्थिति थियो।