साफ महिला क्लब फुटबल च्याम्पियनशीपको उपाधि इस्ट बंगाललाई

काठमाडौँ– दक्षिण एसियाली फुटबल महासंघ (साफ)द्वारा पहिलो पटक आयोजित साफ महिला क्लब च्याम्पियनसिपको उपाधि भारतको इस्ट बंगालले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा नेपालको विभागीय टोली एपीएफ क्लबलाई ३–० को फराकिलो गोलअन्तरले पराजित गर्दै इस्ट बंगाल च्याम्पियन बनेको हो। इस्ट बंगालको जितमा कप्तान फजिला इक्वापुटले दुई र शिल्कीदेवी हनामले एक गोल गरेकी थिइन्।…