काठमाडौँ । नेपाली कांग्रेसले सदस्यता नवीकरण प्रक्रियामा छुटेका जिल्ला र प्रतिनिधिसभा क्षेत्रलाई लक्षित गर्दै एक साता अतिरिक्त समय दिने निर्णय गरेको छ ।महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा ललितपुरस्थित वीपी स्मृति भवनमा बसेको बैठकले डिजिटल प्रणालीमा सदस्यता प्रविष्टि गर्न नसकेका क्षेत्रलाई अवसर दिन उक्त निर्णय गरेको हो । बैठकले जनसम्पर्क समितिहरूलाई…