अराजक नबन्न जेन्जीहरुलाई प्रधानमन्त्री कार्कीको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न सबैमा अपिल गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत आज सो अपिल गर्नुभएको हो । बाराको सिमरामा आज देखिएको तनाव अत्यन्तै दुःखद भएको भन्दै उहाँले भन्नुभएको छ, “लोकतान्त्रिक प्रणालीको माध्यमबाट मात्रै युवाहरूको वास्तविक अपेक्षा पूरा गर्न सकिन्छ । त्यसैले म…