अर्थमन्त्री वाग्लेको आग्रह : ‘ढुक्कसँग नेपालमा लगानी गर्नुहोस्’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको छ। चीनको ग्वाङझाउमा शनिबारदेखि सुरु भएको एनआरएनएको ११औँ एसिया–प्यासिफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत शुभकामना दिँदै उहाँले पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि तथा आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभएको हो। सरकारले लगानीको अनुकूल वातावरण निर्माण, स्वदेशमै मर्यादित रोजगारी सिर्जना…