तीजमा नेपाली सोसाईटी अफ तास्मानियाको सामूहिक पूजा तथा सांस्कृतिक कार्यक्रम

तीजमा नेपाली सोसाईटी अफ तास्मानियाको सामूहिक पूजा तथा सांस्कृतिक कार्यक्रम


तास्मानिया अष्ट्रेलिया ।

नेपाली सोसाईटी अफ तास्मानियाले नेपाली हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीजमा सामूहिक पूजा तथा विशेष सांगितिक कार्यक्रम गर्ने भएको छ। सोसाईटीले सेप्टेम्बर ६ तारिख होबार्टको गणेश सांस्कृतिक पूजा केन्द्र र पूजा स्थान हिन्दु मन्दिरमा उक्त कार्यक्रम गर्न लागेको हो।

हिन्दु सोसाइटी अफ तास्मानियाको सहकार्यमा हुन लागेको उक्त कार्यक्रममा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म चल्ने नेस्टकी अध्यक्षमा रोजिना ताम्राकारले बताएकी छन्। सामूहिक पूजाका साथै नाचगान, दोहोरी, रमाइलो खेल र प्रसाद वितरण गरिने उनले बताइन्। कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने उनको भनाइ छ।

नेस्टले आयोजना गरेको हरितालिका तीज तथा सामूहिक पूजामा सहभागी भई मादल तालमा नाचगान गरी मनोरञ्जन लिनुहुन सम्पूर्ण तस्मानियाली नेपाली भाषीहरूमा अध्यक्ष ताम्राकारले आग्रह गरेकी छन्।