मेलबर्न अष्ट्रेलिया ।
दिदीबहिनी समाज अष्ट्रेलियाले आगामी अगष्ट २४ तारिख शनिबार यहाँ तीजको विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । चर्चित गायिका कोमल ओली र रमेश विजीको धमाकेदार प्रस्तुति रहने उक्त कार्यक्रम सेन्ट बर्नाडेट्स कम्युनिटी सेन्टर सनसाईनमा हुनेछ ।
कार्यक्रममा लाईभ म्युजिक, डान्स, फ्रि मेकअप, सांस्कृतिक प्रस्तुतिहरु आकर्षणका रुपमा रहनेछन् । गायिका कोमल ओली एक महिनाभन्दा लामो यात्राका क्रममा अष्ट्रेलियाका विभिन्न शहरमा प्रस्तुति दिइरहेकी छिन् । उनले यसअघि एनआरएनको मेलबर्नमा भएको कार्यक्रममा, क्रेगीबर्न समाजको कार्यक्रममा समेत प्रस्तुति दिइसकेकी छिन् ।
मेलबर्नमा तेश्रो पटक दिदीबहिनीको कार्यक्रममा सहभागी हुन लागेकी कोमल ओली आफु उत्साही रहेको बताउँछिन् । रमेश विजी नेपालका चर्चित लोकगायक एवं संगीतकार हुन् । उनी हाल मेलबर्नमा नै बसोबास गर्दछन् । उनले कोमल ओलीलाई साथ दिनेछन् भने आफ्नै छुट्टै प्रस्तुति पनि दिने तयारी छ ।
शनिबार साँझ ५ बजेबाट हुने कार्यक्रमबाट प्राप्त हुने नाफा नेपालमा घरेलु हिंसा तथा यौनीक हिंसामा परेका महिलाहरुको पुनस्र्थापना र उपचारमा खर्च गरिने भएको छ ।
दिदीबहिनी समाजले हरेक वर्ष परोपकारी तीज कार्यक्रम गर्दै आएको छ । यस तीज सेलिब्रेसनको मुख्य ईभेन्ट पार्टनर एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज मेलबर्न रहेको छ ।
प्रतिक्रिया