तास्मानिया अष्ट्रेलिया ।
नेपाली हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीजको अवसर पारेर नारि निकुञ्ज तास्मानियाले होबार्ट र लन्चेस्टनमा कार्यक्रम गर्न भएको छ। नारी निकुञ्ज तास्मानियाले सेप्टेम्बर ५, तारिख होबार्ट र ६ तारिख लन्चेस्टनमा तिज कार्यक्रमको आयोजना गर्न लागेको हो।
‘यस पालिको हरितालिका तीज मनाऔँ आमाहरुको बीच’ भन्ने नारा दिइएको उक्त कार्यक्रम सेप्टेम्बर ५ तारिख होबार्टको द चोक होबार्टमा हुदैछ। कार्यक्रममा प्रवेश शुल्क भने २५ अष्ट्रेलियन डलर तोकिएको नारी निकुजना तस्मानियाकी संयोजक आरजु रिजाल (रजक)ले जानकारी दिइन्। नेपालबाट घुम्न आएका आमाहरुलाई भने प्रवेश निशूल्क गरिएको उनको भनाइ छ।
कार्यक्रमको टिकट खरिदका लागि जगदीश खड्का, उत्तम अधिकारी, क्रिस्टिना प्रधान, ज्ञानु कँडेल श्रेष्ठ, अस्मिका वाग्ले, विपिन रावल र निरञ्जन भण्डारीलाई सम्पर्क गर्न सकिने उनले बताइन्।
यस्तै नारी निकुञ्ज तास्मानियाले नै सेप्टेम्बर ६ तारिख लन्चेस्टनको रोचरलेअ हलमा कार्यक्रम गर्दैछ। पण्डित लेखनाथ तिवारीले सामूहिक पूजा गराउने उक्त कार्यक्रमको प्रवेश शूल्क ५ अष्ट्रेलियन डलर तोकिएको संयोजक रिजालले बताएका छन्। लन्चेस्टनमा हुने कार्यक्रमको टिकट खरिद गर्नको लागि आर्जु रिजाल (रजक), करुणा अधिकारी, अमुना श्रेष्ठ, सिर्जा पोखरेल, अर्जुन श्रेष्ठ, प्रयास कार्कि, सुजन थापा, विष्णु थपलिया, अशिम घिमिरेलाई सम्पर्क गर्न सकिने उनले जानकारी दिइन्। टिकट खरिद गर्नेलाई प्रसाद र पूजा सामग्री निःशुल्क उपलब्ध गराइने उनको भनाइ छ।
तीज विषेश कार्यक्रमबाट संकलित रकम नेपालका ग्रामीण क्षेत्रमा रहेका महिलाहरूको आङ खस्ने परियोजनामा सहयोग गरिने उनले बताइन्। यसअघिका वर्षहरूमा पनि नारी निकुञ्ज तास्मानियाले कार्यक्रमबाट संकलित रकम नेपालका दुर्गम भेगका महिलाको आङ खस्ने परियोजनामा सहयोग गरेको थियो।
प्रतिक्रिया