साफ महिला च्याम्पियनसिप : बंगलादेश उपाधि रक्षा गर्न सफल, नेपाल बन्यो दोश्रो

साफ महिला च्याम्पियनसिप : बंगलादेश उपाधि रक्षा गर्न सफल, नेपाल बन्यो दोश्रो



काठमाडौँ । साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि बङ्गलादेशले उचालेको छ। बङ्गलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो। खेलको ८१ औँ मिनेटमा बङ्गलादेशका रितु चक्माले नेपालविरुद्ध निर्णायक गोल गर्नुभयो। बुधबार दशरथ रङ्गशालामा भएको फाइनलमा बङ्गलादेशले नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो।

पहिलो हाफमा गोललरहित बराबरी खेलेको नेपालविरुद्ध दोस्रो हाफको ५२ मिनेटमा बङ्गलादेशका मोनिका चक्माले पहिलो गोल गरेकी थिइन् । त्यसको चार मिनेटमा नेपालकी अमिशा कार्कीले गोल फर्काएकी थिइन् । तर पुनः ८१ मिनेटमा नेपालका गोलकिपर एन्जिला तुम्बापो लिम्बुको बचाउने प्रयास अफल हुँदा नेपालले उपविजेतामा चित्त बुझाउनु परेको हो। १५ हजारभन्दा बढी प्रत्यक्ष दर्शक र १० लाखभन्दा बढी दर्शकले प्रत्यक्ष प्रशारणमार्फत हेरेको फाईनल खेलको भिडन्तपछि धेरैले खेलमा जितहार हुने भएपनि केही सम्हालिएर खेलेको भए नेपालले उपाधि जित्ने सम्भावना रहेको प्रतिक्रिया दिएका छन् ।