‘हङ्कङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्याण्डलाई नेपालले हरायो

‘हङ्कङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्याण्डलाई नेपालले हरायो


काठमाडौँ । नेपालले ‘हङ्कङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्याण्डलाई छ विकेटले पराजित गरेको छ । हङ्कङको मोङ ककमा शुक्रबार भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले चार दशमलव दुई ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो । नेपाली टोलीका कप्तान सन्दीप जोराले सर्वाधिक ५० रनको योगदान दिनुभयो । उहाँले १२ बलमा चार चौका र छ छक्काको सहयोगमा सर्वाधिक ५० रन बनाउनुभएको हो ।

त्यसैगरी लोकेश बमले ११ बलमा एक चौका र दुई छक्काको सहयोगमा २० रन बनाउनुभयो । राशिद खानले पाँच बलमा दुई चौका र दुई छक्काको सहयोगमा २१ रन जोड्नु भयो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङल्याण्डले पाँच दशमलव पाँच ओभरमा छ विकेट गुमाएर ९७ रन बनाएको थियो ।

इङल्याण्डका लागि कप्तान रवि भोपाराले १२ बलमा एक चौका र सात छक्काको सहयोगमा ४९ रन जोड्नुभयो । स्मिथ पटेलले १७ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ३९ रन बनाउनुभयो । नेपालका प्रतिश जिसीले दुई विकेट लिए भने नारायण जोशी, लोकेश बम र विवेक यादवले समान एक–एक विकेट लिनुभयो । रासस