इंग्लिस प्रिमियर लिग : टोटनह्यममाथि ब्राइटनको शानदार जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले टोटनह्यम हटस्परमाथि शानदार जित निकालेको छ। बिहीबार राति सम्पन्न खेलमा ब्राइटनले टोटनह्यम हटस्परलाई ४–२ गोल अन्तरले पराजित गरेको हो। ब्राइटनको जितमा जाओ पेड्रोले २ गोल पेनाल्टीमा गर्दा ज्याक हेन्सलवुड र प्रेभिस जोसुले एक एक गोल थपेका थिए। टोटनह्यामका लागि एलेजो वेलिज र बेन्जामिन डाभिसले एक एक गोल फर्काए।…