लसएन्जल्स ।
अमेरिकी अभिनेत्री जुलिया रोबर्टस हलिउडको चर्चित र लोकप्रिय स्टार हुन्। उनले आफ्नो ३० वर्षे करियरमा ‘रनवे ब्राइड’, ‘प्रिटी वुमन’, ‘नाइटिङ हिल’ र ‘माई बेस्ट फ्रेण्ड्स वेडिङ’ जस्ता कैयौं सम्झनलायक फिल्ममा अभिनय गरेकी छन्।
हालैमात्र अभिनेत्रीले एक साक्षात्कार कार्यक्रममा आफ्नो करियरमा नग्न दृश्य नगर्ने कारणबारे खुलासा गरेकी छन्। जुलियाले आफूले जानेर बुझेर आफ्नो फिल्ममा कहिल्यै नग्न दृश्य नदिएको बताएकी छन्। ‘यो निर्णय आफ्ना लागि थियो’, उनले भनेकी छन्।
‘मलाई लाग्छ कि जुन चिज म नगर्न छनोट गर्छु, त्यसले मेरो प्रतिनिधित्व गर्छ। मलाई अर्को व्यक्तिको मनपरेको कुरामा आलोचना गर्नु छैन। तर मेरा लागि फिल्ममा आफ्नो कपडा नखोल्नु या फेरि शारीरिक रुपले कमजोर हुनु एक विकल्प हो। जुन मैले नै छानेको हुँ। वास्तवमा भन्नु पर्दा मैले केही गर्नुको सट्टा केही नगर्ने विकल्प खोजेकी छु’, जुलिया भन्छिन्।
साक्षात्कारमा जुलियाले आजको विश्वमा युवा अभिनेताका लागि उनको यात्रामा आएका समस्याका बारेमा पनि कुरा गरेकी छन्। वर्तमान समयमा लोकप्रिय हुनु त्यो समयको तुलनामा धेरै अव्यवस्थित हो, जुन बेला म यो उद्योगमा नयाँ थिएँ। यद्यपि, अहिले प्रसिद्ध हुन धेरै कुरा छन्। यसले अहिले केवल थकाई मात्र दिएको छ। यो मेरो मात्र धारणा पनि हुनसक्छ’, जुलियाले भनेकी छन्।
प्रतिक्रिया