‘मिस युनिभर्स नेपाल २०२४’ को घोषणा

‘मिस युनिभर्स नेपाल २०२४’ को घोषणा


काठमाडौँ ।

ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा ‘मिस युनिभर्स नेपाल २०२४’ हुने भएको छ। बिहीबार राजधानीमा आयोजित प्रेस मिट्मा ‘मिस युनिभर्स नेपाल २०२४’ हुने बारे घोषणा गरिएको हो।

ग्लोबल ग्ल्यामर भेन्चरका अनुसार ‘मिस युनिभर्स नेपाल २०२४’ को फर्म आगामि अप्रिलमा खुल्नेछ। १८ वर्ष उमेर नाघेका विश्वभरका नेपाली महिलाहरुले यस प्रतियोगितामा भाग लिन सक्नेछन्।

भेन्चरकी प्रमुख कार्यकारी अधिकृत सबि पुरीले यो प्रतियोगिताबारे घोषणा गर्न पाउँदा आफू अत्यन्तै उत्साहित भएको बताइन्। ‘हामी नयाँ सोच लिएर आएका छौं। उर्जावान र समर्पित टिमले कार्यक्रमलाई भव्य बनाउँनेछौं’ पुरीले भनिन्। उनले यो वर्षदेखी मिस युनिभर्स नेपालको आयोजक परिवर्तन भएको जानकारी दिइन्। नेपालमा द हिडन टे्रजरले मिस युनिभर्सको आयोजना पश्चात यो तेस्रो पटक हेरफेर हो। यसअघि उमंग क्रियसनले आयोजना गरेको थियो।

ग्लोबल ग्ल्यामर भेन्चरकी संस्थापक संगीता पुरीका अनुसार ‘मिस युनिभर्स नेपाल २०२४’ प्रतियोगिताकि विजेताले मेक्सिको यात्रा गर्ने अवसर पाउँने छिन्। छनौट प्रक्रिया र पुरस्कारबारे भने घोषणा हुन बाँकी छ।

प्रेस मिट्मा नेपाल पर्यटन बोर्डका सिईओ डा धनन्जय रेग्मी, इमेज कन्सल्ट्यान्ट तथा अन्तर्राष्ट्रिय प्रशिक्षक अलेक्जेन्डर गोन्जालेज र युनिभर्स वुमन २०२४ कि विजेता भ्यालेन्टिना सान्चेज ट्रिभेल्लाको उपस्थिती रहेको थियो।