काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुलले बराबरी खेलेका छन्। शनिबार राति सम्पन्न खेलमा दुवै टिमले एक–एक गोलको बराबरी खेल्दै एक एक अंक बाँडेका हुन्। बराबरीले आर्सनल र लिभरपुल दुवैलाई फाइदा पुगेको छ। आर्सनल शीर्ष स्थानमा उक्लिएको छ भने लिभरपुल दोस्रो स्थानमा पुगेको छ। एक दिन अघि शीर्ष स्थानमा उक्लिएको एस्टन भिल्ला भने…