काठमाडौं । प्रिमियर लिग फुटबलमा बर्नली र लुटन टाउनले बराबरी खेलेका छन्। शनिबार बिहान सकिएको खेलमा दुवै टोलीले एक–एक गोलका बराबरी खेल्दै अंक बाँडेका हुन्।
बर्नलीका लागि जेकी आमदौनी र लुटन टाउनका कार्लटन मोरिसले एक–एक गोल गरे। खेलको ३६औँ मिनेटमा बर्नलीका जेकीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
तर, दोस्रो हाफको इन्जुरी समयमा लुटन टाउनका मोरिसले गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए। उता बर्नलीे सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो।
जारी लिगमा २१ खेल खेलेको बर्नली १२ अंकका साथ अन्तिमबाट दोस्रो १९औँ स्थानमा छ। २० खेल खेलेको लुटन टाउन १६ अंक जोडेर १८औँ स्थानमा छ।
प्रतिक्रिया