काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ। चेल्सीले शनिबार भएको खेलमा फुलह्यामलाई १–० गोल अन्तरले पराजित गरेको हो। चेल्सीले निर्णायक गोल गर्न भने पेनाल्टीको सहारा लिनु परेको थियो।
पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा फुलह्यामका डिफेन्डर इसा लेई डिओपलले डी बक्सभित्र चेल्सीका रहिम स्टर्लिङलाई फल गरेपछि पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीलाई चेल्सीका कोल जेरमैनले गोलमा परिणत गर्दै स्पष्ट ३ अंक दिलाए।
जितपछि चेल्सी ३१ अंकका साथ तालिकाको आठौं स्थानमा उक्लिएको छ। पराजित भएको फुलह्याम भने २४ अंकका साथ तालिकाको १३ औं स्थानमा छ।
प्रतिक्रिया