तास्मानियाको होबार्टमा भोलि नेपाली चलचित्र ‘पुजार सार्की’ लाग्दै

तास्मानियाको होबार्टमा भोलि नेपाली चलचित्र ‘पुजार सार्की’ लाग्दै


तास्मानिया अष्ट्रेलिया । बिहीबारबाट विश्वभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पुजार सार्की’ भोली आइतबार तास्मानियाको होबार्टमा प्रदर्शन हुँदैछ। साँभ ६ बजे होबार्टको भिलेज सिनिमा घर ग्लेनोर्चीमा फिल्म प्रदर्शन हुने एमएसएम इन्टरटेन्मेन्टले जानकारी दिएको छ। 

अष्ट्रेलियाका न्यु साउथ वेल्स, भिक्टोरिया, एडिलेड, डार्बिन, क्वीन्सल्याण्ड, क्यानबेरा र पर्थमा पनि फिल्मको प्रदर्शन हुने एमएसएम इन्टरटेन्मेन्टले जनाएको छ।  

प्रर्दशनको पहिलो दिन दर्शकको राम्रो साथ पाएको फिल्मले एकै दिन एक करोड बढीको व्यपार गरेको छ। फिल्ममा अभिनेता प्रदीप खड्का, आर्यन सिग्देल, पल शाह, अभिनेत्री द्वय अञ्जना बराइली र परीक्षा लिम्बु प्रमुख भूमिकामा देख्न सकिनेछ। चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ।

चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन्। एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक चलचित्र निर्माण गरेका हुन्। यसमा पनि निर्माता भुसाल आफैले सङ्गीत तयार गरेका छन्। हर्क साउद, बि। पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन्।

राजेश श्रेष्ठको डिओपी रहेको पुजार सार्कीलाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरको रहेको छ।

फिल्म ‘पुजार सार्की’को होबार्ट शो हेर्न यहाँ क्लिक गरेर टिकट खरिद गर्न सकिने छ।