मुग्लान इन्टरटेनमेन्टले फिल्म ‘पुजार सार्की’को ब्रिजबेनमा ‘प्रिमियर शो’ गर्दै

मुग्लान इन्टरटेनमेन्टले फिल्म ‘पुजार सार्की’को ब्रिजबेनमा ‘प्रिमियर शो’ गर्दै


मेलबर्न अष्ट्रेलिया ।

नेपाली फिल्म ‘पुजार सार्की’ अष्ट्रेलियामा प्रदर्शन हुँदैछ। फिल्म ‘बोक्सीको घर’को प्रदर्शन सफलता पूर्वक सम्पन्न गरेको मुग्लान इन्टरटेनमेन्टले ‘पुजार सार्की’को ब्रिजवेन, मेलबर्न, बालआर्ट र तास्मानियामा ‘प्रिमियर शो’गर्न लागेको हो। 

तास्मानिया, भिक्टोरिया र क्वीन्सल्याण्डमा फिल्म ‘पुजार सार्की’को प्रिमियर शो गर्न लागेको मुग्लान इन्टरटेनमेन्टका निर्देशक सन्देश श्रेष्ठले जानकारी दिए। मे २७ तारिख मेलबर्नमा फिल्म ‘पुजार सार्की’को प्रिमियर शो हुनेछ। बाँकी सहरमा एक–दुई दिन भित्रै मिति फिक्स गरिने छ, उनले भने।

फिल्मको स्पोन्सर र अन्य स्टेटमा प्रदर्शनको अधिकार किन्न चाहने इच्छुक व्यक्तिले सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन्। तास्मानिया भिक्टोरिया हुँदै मुग्लान इन्टरटेनमेन्टले क्वीन्सल्याण्डमा पनि नेपाली फिल्म प्रदर्शन गर्ने भएको छ। 

फिल्मको अष्ट्रेलियामा वितरण तथा प्रदर्शनको अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ। 

फिल्ममा अभिनेता प्रदीप खड्का, आर्यन सिग्देल, पल शाह, अभिनेत्री द्वय अञ्जना बराइली र परीक्षा लिम्बु प्रमुख भूमिकामा देख्न सकिनेछ। चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ।

चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन्। एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक चलचित्र निर्माण गरेका हुन्। यसमा पनि निर्माता भुसाल आफैले सङ्गीत तयार गरेका छन्। हर्क साउद, बि। पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन्।

राजेश श्रेष्ठको डिओपी रहेको पुजार सार्कीलाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरको रहेको छ।

फिल्म पुजार सार्की को प्रिमियर ‘शो’ हेर्न चाहनु हुनेले यहाँ क्लिक गरेर टिकट खरिद गर्न सक्नुहुनेछ।