ओएनएफ क्वीन्सल्याण्डको अध्यक्षमा प्रेम शाही चयन

ओएनएफ क्वीन्सल्याण्डको अध्यक्षमा प्रेम शाही चयन


मेलबर्न, अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च (ओएनएफ) क्वीन्सल्याण्ड  राज्य कमिटीको अध्यक्षमा प्रेम शाही ठकुरी निर्वाचित भएका छन्। अधिवेशनले शाहीको अध्यक्षतामा सर्वसम्मतिले १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हा।

जसको उपाध्यक्ष बिमल पान्डे, सचिब सुरेश बोगटी, सह–सचिव मधु सुदन देवकोटा, आर्थिक विभाग प्रमुख दिपक बोहोरा चयन भएका छन्। यसै गरि सदस्यमा आशिक खड्का, रोनिन जंङ शाही, रुपेश लामा, सुरत्त देवकोटा, दिपक बस्याल, सन्देश शुबेदी, शम्भु धिमिरे, अश्मिता क्षेत्री, नवराज धिताल, रविना निरौला, निरोज सापकोटा, धुर्व लमसाल, अमृत शिङ ठकुरी, पासाङ बोगटी, राजु श्रेष्ठ, डिल्ली उपाध्याय, विपिन सुवेदी, बिभुष्ण अधिकारी रहेका छन्।

अधिवेशनको उद्घाटन गर्दै प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डेले प्रवासी नेपाली मञ्चले विश्व भरिका रहेका जहाँ नेपाली भए पनि त्यस ठाउँमा संगठन निर्माण गरेर समृद्ध नेपाल निर्माणको अभियानमा जोड्ने बताए। ओएनएफ ओशियाना अध्यक्ष राजु उपाध्यायले  संगठन निर्माण र परिचालनका बारेमा प्रशिक्षणात्मक भनाई राखेका थिए। त्यसै गरि ओशियाना उपाध्यक्ष रमेश पौडेलले क्वीन्सल्याण्ड राज्य ओएनएफको विगत देखिका गतिविधि मा प्रकाश पारेका थिए।

निवर्तमान अध्यक्ष रमेश पाण्डेको सभापतित्व  र सचिव सुरेश बोगटीको संचालनमा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओएनएफ अष्ट्रेलियाका अध्यक्ष केशव जोशीले प्रवासमा पहिलो प्राथमिकता आय आर्जन र परिवार नै भएको बताउँदै दोस्रो प्राथमिकतामा यहाँ रहेको नेपाली समुदाय र मातृभूमिको हितमा सहयोगी हुन ओएनएफमा संगठित हुन आग्रह गरे। त्यसै  ओएनएफ एनएसडब्लु अध्यक्ष सूर्य मोहन शर्माले अष्ट्रेलियामा रहेको नेपाली समुदायको सहयोगी संस्थाको ओएनएफाई स्थापित गर्न राज्य कमिटीहरूले सहकार्य गरेर अगाडी बढ्ने बताए।

स्थानीय फिच गिबन सामुदायिक सभाहलमा आयोजित अधिवेशनमा प्रतिबद्धता मन्तव्य राख्दै नव निर्वाचित अध्यक्ष शाहीले ओएनएफलाई अझै सशक्त रूपमा अगाडि बढाउने बताए। नेपाली समुदायको सुख दुखको साथी संस्थाको रूपमा ओएनएफलाई अगाडि बढाउने बताए।

केबिसी खबरसंग कुरा गर्दै ओएनएफ अष्ट्रेलियाका उपसचिव तथा प्रचार विभाग प्रमुख अशिम कोइरालाले क्वीन्सल्याण्डसहित अष्ट्रेलिया आठ राज्यहरू मध्ये चार राज्यहरूमा अधिवेशनहरूको सम्पन्न भएको र संगठनको अबको ध्यान अगस्ट अन्तिम साता हुने पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भ्रमणको तयारीमा केन्द्रित हुने बताए।