अष्ट्रेलियामा एक नेपाली बलात्कार मुद्दामा दोषी ठहर

अष्ट्रेलियामा एक नेपाली बलात्कार मुद्दामा दोषी ठहर


मेलबर्न अष्ट्रेलिया ।

अष्ट्रेलियामा एक नेपाली युवकलाई अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेको छ। एजकेयरमा काम गर्ने अर्जुन कँडेललाई मंगलबार एडिलेडको एलिजाबेथ मजिस्ट्रेट अदालतले बौद्धिक अपाङ्गता भएकी महिलालाई जबरजस्ती करणी र अभद्र व्यवहार गरेको अभियोगमा दोषी ठहर गरेको हो। 

बौद्धिक अपाङ्गता भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा दोषी पाइएका कँडेललाई जेल जानु अघि आफ्नो मामिला मिलाउनका लागि आदालतले एक महिनाको जमानत दिएको छ। कँडेललाई अदालतले राहदानी बुझाउन पनि आदेश दिएको छ। 

न्यायाधीश लिस्ल कुडेल्काले कँडेललाई पहिलो कथित पीडितलाई अभद्र कुटपिटमा दोषी नभई बलात्कार र दोस्रोलाई अभद्र व्यवहारमा दोषी ठहर गरेका थिए।

कँडेललाई केयर होमको ग्रानी फ्ल्याटमा एक महिला र पीडितले नुहाइ सकेपछि दोस्रो महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो।