लक्ष्मीपूजाको दिन कति भयो बिजुली खपत ?

लक्ष्मीपूजाको दिन कति भयो बिजुली खपत ?


काठमाडौं, १९ कात्तिक । अघिपछिको तुलनामा तिहारको लक्ष्मीपूजाका दिन विजुली खपत बढी हुने गरेको छ । अघिल्लो वर्षमा जस्तै यस वर्षको लक्ष्मीपूजाका दिन पनि विद्युत् खपत केही बढी भएको छ। यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन १२ सय ७० मेगावाट विद्युत् खपत भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
यसैगरी यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत् भारत निर्यात गरिएको छ भने आयात शून्यमा झरेको छ । नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५ सय मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत् आपूर्तिको व्यवस्थापन गरेको थियो ।
प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन साँझ सभा ६ बजे पिक डिमाण्ड १२ सय ७० मेगावाट रेकर्ड गरेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड ११ सय २३ मेगावाट थियो । गत वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाको पिक डिमाण्ड १४७ मेगावाट बढी हो । विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत् आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको छ । यस वर्ष संघीय राजधानी काठमाडौं उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमाण्ड ३२०.६४ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष यस क्षेत्रको पिक डिमाण्ड २९६ मेगावाट थियो ।