कात्तिक १२ गतेदेखि गोदावरी पुष्प मेला हुने

कात्तिक १२ गतेदेखि गोदावरी पुष्प मेला हुने


काठमाडौं, ९ कात्तिक । पुष्प व्यसायीहरुको संस्था नेपाल फ्लोरिकल्चर एशोसियसन (फ्यान) को आयोजनामा १४ औं गोदावरी पुष्प मेला आयोजना हुने भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ ललितपुरको गोदावरीमा कात्तिक १२ गतेदेखि मेला शुरु हुने एसोसिएसनले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ललितपुरको जाउलाखेल खेल मैदानमा सञ्चालन हुने  मेला १५ गतेसम्म चल्नेछ ।

पुष्प व्यवसाय प्रवर्द्धन एवं गुणस्तरीय उत्पादनमा टेवा पु¥याउन उदेश्यका साथ मेलाको आयोजना गर्न लागिएको फ्यानका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभयो । मेलामा ४४ वटा स्टल र ४ वटा सूचना मूलक व्यावसायिक स्टल रहने छ । मेलामा करीब ३५ हजार उपभोक्ताले अवलोकन गर्ने र फूलको कारोबार ५० लाख रुपैयाँ हारीहारी पुग्ने अनुमान गरिएको अध्यक्ष तामाङले बताउनुभयो ।

मेलामा गोदावरी फूल उत्पादक किसानलाई विभिन्न विद्यामा प्रतिस्पर्धा गराई उत्कृष्ट एक स्टललाई नगद पुरस्कार दिइने पनि आयोजकले जनाएक छन् । मेला प्रवेश शुल्क एक सय रुपैयाँ तोकिएको छ उक्त शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट हुनेछ ।