नेप्सेमा सुधार, ६ अर्ब ५५ करोडको कारोबार

नेप्सेमा सुधार, ६ अर्ब ५५ करोडको कारोबार


काठमाडौं, १७ कात्तिक । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ५.२२ अंकले बढेरको छ । योसँगै नेप्से २ हजार ८ सय ४८.८४ विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यो करिब ०.१८ प्रतिशतको वृद्धि हो । अघिल्लो दिनको तुलनामा बुधबार नेप्सेको वृद्धिदर घटेको हो । अघिल्लो दिन करिब २४ अंकले बढेको थियो । उक्त दिन ६१ हजार ७ सय ४५ कारोबारबाट २ सय २९ कम्पनीका ९९ लाख ९५ हजार ५ सय २२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ अर्ब ५५ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढी हो ।
मंगलबार बजारमा ६ अर्ब ७ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । उक्त दिन करिब ६० हजार कारोबारबाट २ सय ३० वटा कम्पनीका ९९ लाख ७७ हजार ४ सय ८३ कित्ता सेयर किनबेच भएका थिए ।