काठमाडौं, १३ कात्तिक (रासस) । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिक संरक्षणमा स्थानीय सहभागितामा ध्यान दिनुपर्ने बताउनुभएको छ । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष क्षेत्रको अवलोकनका लागि ढोरपाटन पुग्नुभएका राष्ट्रपति भण्डारीले बन्यजन्तु तथा वातावरण संरक्षणमा जोड दिनुभएको हो ।शनिबार दिउँसो शिकार आरक्षको अवलोकनमा पुग्नुभएका भण्डारीले ढोरपाटन शिकार आरक्ष तथा आरक्षको सुरक्षार्थ तैनाथ शत्रुमर्दन गुल्मकोबारेमा जानकारी…