मकवानपुर–१ मा डिनालाई पछ्याउँदै कमल थापा

मकवानपुर–१ मा डिनालाई पछ्याउँदै कमल थापा


काठमाडौँ ।

मकवानपुर निर्वाचन क्षेत्र नं १ का सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले एक हजार आठ सय ९४ मत ल्याएर अग्रता लिएकी छन्। उनका निकटतम प्रतिस्पर्धी राप्रपा (नेपाल)का अध्यक्ष कमल थापाले सूर्य चिह्नमा एक हजार एक सय ३४ मत प्राप्त गरेका छन्।

अर्का राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले दुई सय ८१ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा साँझ साढे ७ बजेसम्म तीन हजार छ सय ८५ मतगणना सकिएको छ।

त्यसैगरी क्षेत्र नं २ मा चार हजार चार सय १७ मत गन्दा सत्ता गठबन्धनका नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडाले एक हजार नौ सय २० मत ल्याएर अग्रता हासिल गरेका छन्। यसैगरी नेकपा९एमाले०का उम्मेदवार महेश बर्तौलाले एक हजार ६ सय पाँच मत प्राप्त गरेका छन्। अर्का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले पाँच सय एक मत प्राप्त गरेका छन्।