काठमाडौँ–१ मा सिंहको ८१८ मिश्रको ७३७

काठमाडौँ–१ मा सिंहको ८१८ मिश्रको ७३७


काठमाडौँ ।

काठमाडौँ निर्वाचन क्षेत्र नंं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहको प्रारम्भिक अग्रता कायमै छ। यो क्षेत्रका छ वटा मतदान केन्द्रको मतगणना सकिँदा सिंहले ८१८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले राससलाई जानकारी दिए।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रविन्द्र मिश्रले ७३७ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुकार बमले ५२८, नेकपा (एमाले) का किरण पौडेलले ४९६ र राष्ट्रिय सुशासन पार्टीका रमेश खरेलले ३५७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यो क्षेत्रबाट प्रतिनिधिसभामा ३२ जना उम्मेद्वार प्रतिस्पर्धामा छन्।

जसमा २१ जना विभिन्न राजनीतिक दलबाट र ११ स्वतन्त्र उम्मेद्वार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसमध्ये १० जना महिला उम्मेद्वार छन्। यो क्षेत्रमा कुल ५२ मतदान केन्द्र रहेकामा अब ४६ केन्द्रको मतगणना बाँकी छ ।