काठमाडौं, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएको छ । उहाँहरूबीच आज अपराह्न नयाँ दिल्लीको चाणक्यपुरीमा रहेको आईटीसीमा भेटवार्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएको छन् । प्रधानमन्त्री देउवाले भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्धन शृङ्गलासँग पनि भेटवार्ता गर्नुभएको छ ।विदेशमन्त्री जयशङ्करसँगको भेटपछि प्रधानमन्त्री देउवा भारतीय जनता पार्टी (बीजेपी) को केन्द्रीय कार्यालय…