मोदीले गरे तीन देशको भ्रमण रद्द

मोदीले गरे तीन देशको भ्रमण रद्द


काठमाडौँ । भारतीय सेनाले पाकिस्तानका ९ वटा आतंकवादी अड्डाहरूमा आक्रमण गरेको छ । यो कारबाहीपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो तीन देशको विदेश भ्रमण रद्द गरेका छन् । उनी ३ युरोपेली देश (नर्वे, क्रोएसिया र नेदरल्याण्ड्स)मा धेरै महत्त्वपूर्ण द्विपक्षीय वार्ता र बैठकमा भाग लिन जाँदै थिए । मोदीले मे १३ देखि १७ सम्म क्रोएसिया, नर्वे र नेदरल्याण्ड्सको भ्रमण गर्ने कार्यक्रम थियो । प्रधानमन्त्री नर्डिक शिखर सम्मेलनमा भाग लिन नर्वे जाने कार्यक्रम थियो । साथै प्रधानमन्त्री मोदीले पहलगाम आतंकवादी हमलाको उचित जवाफ दिन पाकिस्तानमा हवाई आक्रमण गरेको बताएका छन् । मोदीले सेनाको प्रशंसा गर्दै यो देशको लागि गर्वको क्षण भएको बताए ।