काठमाडौं । देशको बहालवाला उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी रिता वैद्यसहित १७ जनालाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ अनुसारको ठगी कसुरमा मुद्दा दायर भएको छ । यो मुद्दामा कसुर प्रमाणित भएमा जसमा ७ वर्षसम्म कैद हुनसक्ने उल्लेख छ । के यस्तो होला त ?
यो प्रश्न यतिबेला आम सर्वसाधारणले गरिरहेका छन् । तर, जवाफ के त ? सिआईबीले मुद्दा नै नचल्ने भन्दै डिसमिस पार्न खोजेको मुद्दालाई महान्यायाधीवक्ताको कार्यालयले मुद्दा चलाउनुपर्ने रायसहित अगाडि बढाएपछि बल्ल यतिबेला मुद्दा दायर भएको छ । तर, ठगी काण्ठको मुख्य नाईके मानिएकी रिता सिंहसँग बयान नै लिन नसकेको तथ्य सार्वजनिक भएपछि यतिबेला यो गम्भीर प्रश्न सतहमा आएको छ । एउटा बयान गराउन नसक्ने राज्यले कारवाही कसरी गर्ला ?
जिल्ला सरकारी वकिलको कार्यालयले उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्यसहित १७ जनाविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो । यो ठगी प्रकरणमा अनुसन्धान गरेर सम्झौता रद्द भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मुद्दा नचलाउने निर्णय गर्दै प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाएको थियो । तर, महान्यायाधिवक्ताको कार्यालयले मंगलबार मात्र मुद्दा चलाउने निर्णय गरेको थियो । लगत्तै उनीहरुविरुद्ध मुद्दा दर्ता भएको हो । प्रकरणका सबै प्रतिवादी फरार छन् ।
मुद्दा दर्ता भएका १७ जना को को हुन् ?
१) रिता सिंह
२) तुलसी नारायण श्रेष्ठ
३) गणेशभक्त श्रेष्ठ
४) कृष्ण शंकर साह
५) श्याम कुमार आले
६) सुवास कुमार पोखरेल
७) प्रचण्ड राज प्रधान
८) राम काजी गुरुङ
९) योगेन्द्र बहादुर शाही
१०) दीपक दास श्रेष्ठ
११) प्रविण राज जोशी
१२) मुरारी निधि तिवारी (ना.प्र.नं.६५४७–०२६–५१४५१).
१३) पुरुषोत्तम राज जोशी
१४) श्रद्धा संघाई
१५) अभिनव सिंघानिया (भारतीय नागरिक)
१६) सिद्धार्थ केडिया (भारतीय नागरिक)
१७) कीर्ति प्रसाद पाण्डेय (भारतीय नागरिक)
प्रतिक्रिया