राप्रपाले काठमाडौं महानगरलाई बुझायो एक लाख जरिवाना

काठमाडौँ —काठमाडौं महानगरले तोकेको जरिवाना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुझाएको छ । राप्रपाले आज  महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको हो ।  पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेट परिसर, तिलगंगा, गौशालालगायत क्षेत्रमा फोहोर गरिएको भन्दै काठमाडौं महानगरले जरिवाना तोकेको थियो । राप्रपा प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले फेसबुकमा तस्बिर राख्दै लेखेका…