रेसुङ्गा । गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरको क्रूर घटनामा संलग्न बाँके खजुरा गाउँपालिका–४ का २३ वर्षीय रहिस खाँलाई जिवित रहेसम्म जन्मकैदको फैसला भएको छ ।
चन्द्रकोटका दुई घटनामा संलग्नलाई जिवित रहेसम्म जन्मकैदको फैसला भएको छ । खाँले २०८० कार्तिक १६ गते स्थानीय १५ बर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेर खोलामा फालेका थिए ।
घटनामा संलग्न खाँलाई जिल्ला अदालत गुल्मीका न्यायधिस युवराज गौतमको इजलासले बलात्कार तर्फ १४ बर्ष कैद र पाँच लाख जरिवानाको फैसला गरेका हुन् । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ उपदफा ९३० बमोजिम कैद र दफा ३ ९क० र ९ख० बमोजिम पाँच लाख जरिवानाको फैसला भएको जिल्ला अदालत गुल्मीका सूचना अधिकारी कमल पन्थीले जानकारी दिए ।
त्यस्तै कर्तव्य ज्यानतर्फ जिवित रहेसम्म जन्मकैद र तीन लाख क्षतिपूर्ति पाउने फैसला भएको छ । मुलुकी अपराध संहिंता २०७४ को दफा १७७ उपदाफा ९१० बमोजिम जन्मकैदको फैसला भएको पन्थीले बताए ।
मुलुकी अपराध संहिताको नयाँ व्यावस्था बमोजिम जन्दकैद दुई खण्डमा बिभाजन गरिएको छ । मुलुकी अपराध संहिंता २०७४ को दफा ४१ अनुसार बलात्कार गरेर कर्तव्य ज्यान गरेको हकमा कसुरदार जिवित रहेसम्म जन्मकैद हुने व्यावस्था गरिएको अदालतका श्रेष्तेदार सुदर्सन खनालले जानकारी दिए । संहिताको दफा २२८ र १८६ बमोजिम तीन लाख क्षतिपूर्ति पाउने ठहर भएको छ ।
मुलुकी अपराध संहिंता २०७४ को दफा ४१ अनुसार त्रूmर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको, वायुयान अपहरण गरी वा वायुयान बिस्फोट गरी ज्यान मारेको, अपहरण गरी वा शरीर बन्धक लिई ज्यान लिइएको, सार्वजनिक रुपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा बिष हालेर ज्यान मारेको, कुनै जात जाति, वा सम्प्रदायको अस्तित्वनै विनाश गर्ने गरी जातिहत्या गरेको वा गर्ने गर्ने उदेश्यले कसुर गरेको वा जवरवस्ती करणी गरी ज्यान मारेको हकमा कसुरदार जिवित रहेसम्मको जन्मकैदको व्यावस्था रहेको श्रेस्तेदार खनालले जानकारी दिनुभयो ।
२०८० कार्तिक १७ गते बालिका शान्तिपुर घर नजिकैको हुँग्दीखोलामा नग्न र डुवेको अवस्थामा फेला परेकी थिइन् । खोलामा बालिकाको दर्दनाक अवस्थामा शब फेला परेदेखि स्थानीयले बलात्कारपछि हत्याको आशंका गर्दै बिरोध र प्रर्दशन समेत गरे ।
मृतक बालिका शान्तिपुरको श्रीलंकाटोलमा आमासंग भाडाको घरमा बस्दै आएकी थिइन् । बालिका कार्तिक १६ गतेबाट परिवारको सम्पर्कमा थिइनन् ।
स्थानीय र परिवारले बलात्कारपछि हत्या गरेको आरोप लगाउँदै आन्दोलन गरेपछि गुल्मी प्रहरीले घटनामा संलग्न भएको आरोपमा खाँलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानपछि गुल्मी अदालत पेश गरेको थियो ।
फैसलाले स्थानीय खुसी भएका छन् । शान्तिपुरकै एक बिद्यालयमा पढाउँदै आएका खाँ नै क्रूर घटनामा संलग्न भएपछि स्थानीय त्रसित थिए । अदालतको फैसलाले न्याय जिवित रहेको महसुस भएको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरका युवा व्यवसायी कमल खत्रीले बताउँछन् ।
पछिल्लो छ बर्षमा खाँ ले घटाएको चन्द्रकोट गाउँपालिकाको दोस्रो ठुलो घटना हो । त्यो भन्दा पहिले चन्द्रकोट गाउँपालिका–३ हर्राचौरको जंगलमा २०७७ कात्तिक १६ गते दुई बालिकासहित महिलाको बीभत्स हत्या गरेर फालिएको अवस्थामा फेला परेको घटना थियो ।
१३ दिनपछि घटनामा संलग्नलाई कास्कीस्थित पोखरा महानगरपालिका–२५ हेम्जाबाट पक्राउ गरिएको थियो । हत्या भएका तीन जना मोरङ कानेपोखरी गाउँपालिका–३ हर्कपुर घर भएका ३२ वर्षीया सरिता भन्ने शिवमाया लिम्बू र उनका जुम्ल्याहा छोरी ७ वर्षीया गंगा र जमुना मगर रहेका थिए ।
गुल्मी जिल्ला अदालतले हत्यामा संलग्न मुख्य व्यक्ति बाग्लुङ्ग गल्कोट नगरपालिका–८ ज्यामिरेका ४६ वर्षीय पूर्णबहादुर सुनारलाई जीवित रहेसम्म कैद सजायँ फैसला गरेको थियो ।
प्रतिक्रिया