मेलबर्न, अष्ट्रेलिया ।
मेलबर्न नेप्लिज कम्युनिटी वेष्टको साधारण सभाले बिक्रम शर्माको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । कार्य समितिमा प्रकाश तिमिल्सिना बरिष्ठ उपाध्यक्ष, पुस्कर पान्डे उपाध्यक्ष, बिबेक लुइंटेल सचिब, दीपा आचार्य कोषाध्यक्ष छन भने सदस्यहरुमा दीपेन्द्र खड्का, कुमार तामाङ्, राजेश जैसवाल, तिलक सापाकोटा, अनिल केसी र जीवन बिस्ट रहेका छन ।
साधारण सभा मार्फत संस्थाको विधान परिमार्जन गरिएको छ ।
साधारणसभामा कोषाध्यक्ष तिलक सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सहसचिव प्रकाश तिमिल्सिनाले गत वर्षभरिका गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गर्नुका साथै कार्यक्रमको सञ्चालन गरेका थिए ।
नयाँ कार्य समितिको पहिलो बैठकले प्रकृया पुरा गरी २१ जनाको कार्य समिति बनाउने निर्णय गरेको छ ।
निबर्तमान अध्यक्ष मनिषा अर्यालको कार्यकालमा संस्थाले धेरै अस्ट्रेलियन नेताहरुको समेत सहभागितामा नेपालीहरुको उल्लेखनिय उपस्थितिका साथ उत्साहबर्धक कार्यक्रमहरु गरेर उल्लेखनीय आर्थिक सन्चय समेत गरी नयाँ कार्य समितिलाई हस्तान्तरण गरेको बताइएको थियो ।
साधारण सभामा निर्बाचन प्रयोजनका लागि लुम्बिनी/कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ र अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरका अध्यक्ष डा तिलक पोखरेलको निर्बाचन समिति बनेको थियो र सोही समितिले आबस्यक प्रकृया पुरा गरी नयाँ कार्य समितिको घोषणा गरेको थियो ।
प्रतिक्रिया