काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले एक विद्यालय एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य गर्न निर्देशन दिनुभएको छ। शिक्षामन्त्रीको पदभार ग्रहण गरेको दोस्रो दिन शिक्षामन्त्री पुनले यो निर्देशन दिनुभएको हो। उहाँको निर्देशनमा सामुदायिक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप गर्नुपर्ने उल्लेख छ। ‘नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी कम्प्युटर शिक्षाबाट…