काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस–एमाले मिलेर बनेको सत्ता गठबन्धनमा समस्या नभएको प्रतिक्रिया दिएका छन् । सत्ता गठबन्धनबारे अनेकन टीकाटिप्पणी भइरहेका बेलामा कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन् । पार्टीको आर्थिक नीति तथा योजना विभागले पार्टी कार्यालय सानेपामा गरेको ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नु पर्ने नीति’ विषयक संवाद गोष्ठीमा सभापति…